Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

३४.७१ अंकले घट्यो नेप्से 

३४.७१ अंकले घट्यो नेप्से 

  • शुक्रवार, आषाढ २४ २०७९

  • 564
    SHARES

  • ३४.७१ अंकले घट्यो नेप्से 
    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो ।
     
    नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटेल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ ।
     
    घटेको बजारमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबार भएको छ।
     
    शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । 
     
    ग्लोबल आईएमई समुन्नति स्किल १, नबिल स्किल फण्ड लगायको मूल्य धेरै बढेका छन् ।
     
    यता हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४४ प्रतिशतले गिरावट हुँदा बलेफी हाइड्रो पावर, हिमाल दोलखा हाइड्रो पावर, बेष्ट फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।


    शुक्रवार, आषाढ २४ २०७९०१:४८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij