Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बलात्कारको आरोपमा नेकपा एसका नेता पक्राउ

बलात्कारको आरोपमा नेकपा एसका नेता पक्राउ

  • शुक्रवार, आषाढ २४ २०७९

  • 1.1K
    SHARES

  • बलात्कारको आरोपमा नेकपा एसका नेता पक्राउ
    काठमाडौं । नेकपा (एस) सम्बद्ध युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।
     
    प्रेमिकासँग कैयन रात बिताएर विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि शुक्रबार उनलाई प्रहरीले ठमेलको होटेल एक्सेसबाट पक्राउ गरेको हो ।
     
    बिहीबार राति उनी प्रेमिकासहित उक्त होटेलमा पुगेका थिए । युवतीले आफूमाथि यौनजन्य दुर्व्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि नेपाली पक्राउ परेका हुन् ।
     
    उनीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरी वृत्त, सोह्रखुट्टेका इन्स्पेक्टर अमृत बस्नेतले बताए । जाहेरवाली युवती २० वर्षभन्दा माथिकी हुन् । पक्राउ परेका नेपाली एकीकृत समाजवादीको धादिङ जिल्ला कमिटीका सदस्य पनि हुन् ।


    शुक्रवार, आषाढ २४ २०७९०४:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij