Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विम्बल्डन टेनिसको उपाधिका लागि जोकोभिच र निक भिड्दै

विम्बल्डन टेनिसको उपाधिका लागि जोकोभिच र निक भिड्दै

  • आइतवार, आषाढ २६ २०७९

  • 555
    SHARES

  • विम्बल्डन टेनिसको उपाधिका लागि जोकोभिच र निक भिड्दै
    एजेन्सी । विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको फाइनल खेल आज हुँदै छ । 
     
    लण्डनस्थित सेन्टर कोर्टमा हुने फाइनलमा सर्बियन नोभाक जोकोभिच र अष्ट्रेलियन निक क्रिगोस भिड्ने छन् । फाइनल खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।
     
    साबिक विजेता तथा विश्व नम्बर एक जोकोभिच निकलाई हराउँदै लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ । 
     
    जोकोभिच ६ पटकको विम्बल्डन च्याम्पियन समेत हुन् । उनी सातौं पटक विम्बल्डन जित्ने योजनामा छन् ।
     
    यता, निक भने पहिलो पटक विम्बल्डनको उपाधि उचाल्ने योजनामा रहेका छन् । उनी पहिलो पटक फाइनल पुगेका हुन् । 
     
    सेमिफाइनलमा राफायल नाडालबाट वाक ओभर पाएर निक फाइनल पुगेका हुन् । चोटको कारण नाडालले सेमिफाइनल खेल त्यागेका थिए ।
     
    जोकोभिचले भने सेमिफाइनलमा बेलायतका क्यामरुन नोरीलाई हराएका थिए ।
     


    आइतवार, आषाढ २६ २०७९०१:४८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij