Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्दै 

पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्दै 

  • आइतवार, आषाढ २६ २०७९

  • 602
    SHARES

  • पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्दै 
    काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्ने भएका छन् ।
     
    उनले रोटोरुअमा रहेको ग्रेसर सिटी क्रिकेट क्लबबाट खेल्नेछन् । ग्रेसरले रितले आउने सिजन आफ्नो टिमबाट खेल्ने र रितलाई स्वागत गर्न एकदम उत्साहित रहेको भन्दै सामाजिक सञ्जालमा लेखेको छ ।
     
    ग्रेसरले न्युजिल्याण्डमा क्लब अफ दि इअरको अवार्ड समेत जितिसकेको छ । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रितलाई नेपाली क्रिकेटको भविष्यमा राम्रो गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ ।
     
    रितले यसबाट आफू धेरै उत्साहित रहेको भन्दै यसबाट आफूलाई फाइदा पुग्ने रितले बताए ।
     
    उनी न्युजिल्याण्ड जाने मिति भने निर्णय भइसकेको छैन ।
     
    उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने एक्लो खेलाडीको रुपमा रहेका २० वर्षीय रितले पछिल्लो समय भने नेपाली क्रिकेटमा त्यति देखिएका छैनन् ।
     
    रितकै कप्तानीमा नेपाल यू(१९ टिमले सन् २०१९ मा बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग कीर्तिपुरमा ५० ओभरको खेल खेलेको थियो । नेपाली टिम २८ रनले पराजित भएको उक्त खेलमा रितले ४५ रन बनाएका थिए ।
     
    पछिल्लो समय रितले गत चैतमा भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपमा एपीएफबाट एक खेल खेलेका थिए ।
     


    आइतवार, आषाढ २६ २०७९०४:१३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij