Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपालले आज पहिलो खेल नामिबियासँग खेल्दै

नेपालले आज पहिलो खेल नामिबियासँग खेल्दै

  • सोमवार, आषाढ २७ २०७९

  • 625
    SHARES

  • नेपालले आज पहिलो खेल नामिबियासँग खेल्दै

    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको छ ।

    नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने नामिबिया पनि नेपाललाई हराउँदै जित हात पार्न चाहन्छ ।

    सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो । सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।

    लिग टू को अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ भने तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।


    सोमवार, आषाढ २७ २०७९०९:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij