Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र चिनियाँ नेता लिउ जियानचाओबीच भेटवार्ता 

प्रचण्ड र चिनियाँ नेता लिउ जियानचाओबीच भेटवार्ता 

  • सोमवार, आषाढ २७ २०७९

  • 721
    SHARES

  • प्रचण्ड र चिनियाँ नेता लिउ जियानचाओबीच भेटवार्ता 
    काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । 
     
    प्रचण्डलाई उहाँकै निवास खुमलटारमा गएर जियानचाओले भेट्नुभएको हो । भेटमा नेपाल चीन सम्बन्धका विषयमा कुराकानी भएको छ ।
     
    प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएका जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ ।
     
    मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उहाँ बुधबार स्वदेश फर्किनुहुने छ । सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आउनुभएको थियो । 


    सोमवार, आषाढ २७ २०७९०५:३१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij