Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेद्वारा लेखा समिति बैठक बहिस्कार, सभापतिको राजीनामा माग

एमालेद्वारा लेखा समिति बैठक बहिस्कार, सभापतिको राजीनामा माग

  • मंगलवार, आषाढ २८ २०७९

  • 766
    SHARES

  • एमालेद्वारा लेखा समिति बैठक बहिस्कार, सभापतिको राजीनामा माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ । सभापतिको राजीनामा माग्दै एमालेले बैठक बहिस्कार गरेको हो ।

    बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

    भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाएका छन् । त्यसपछि उनीहरू बैठकमा नबस्ने भन्दै बाहिरिएका हुन् ।

    एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने अडान राखेको छ ।


    मंगलवार, आषाढ २८ २०७९०२:२६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij