Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

  • मंगलवार, आषाढ २८ २०७९

  • 1.6K
    SHARES

  • भोलि सार्वजनिक बिदा
    काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा प्रदेश सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
     
    प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दसैँमा पनि बिदा दिने निर्णय गरेको थियो।
     
    तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको जन्म जयन्ती मनाउन चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ। वि.सं १८७१ असार २९ गते जन्मिएका आचार्यको वि.सं १९२५ असोज ६ गते निधन भएको थियो।
     
    मोतीराम भट्टले भानुभक्तलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तिमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन्, भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए।


    मंगलवार, आषाढ २८ २०७९०४:५१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij