Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपसभामुखको निर्वाचन असार ३१ गते हुने

उपसभामुखको निर्वाचन असार ३१ गते हुने

  • बुधवार, आषाढ २९ २०७९

  • 621
    SHARES

  • उपसभामुखको निर्वाचन असार ३१ गते हुने

    काठमाडौं । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको छ ।

    उपसभामुखको पद सकिन पाँच महिनामात्र बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षमा कुनै चासो नै देखाएको थिएन ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि एक वर्ष पूरा गरेपछि बल्ल उपसभामुखमा चासो देखाएको हो ।
    संविधानअनुसार सभामुख पुरुष भएपछि उपसभामुख महिला हुनैपर्नेछ ।

     


    बुधवार, आषाढ २९ २०७९१२:५६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij