Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

स्कटल्याण्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

स्कटल्याण्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

  • बुधवार, आषाढ २९ २०७९

  • 619
    SHARES

  • स्कटल्याण्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
    नेपालले टस जितेर पहिले फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको छ ।
     
    नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन ।
    नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
     
    स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । लिग टु को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
     
    सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।


    बुधवार, आषाढ २९ २०७९०३:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij