Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एम अधिकारी को हो भन्ने कुरा स्वयम् व्यक्ति वा पार्टीले प्रष्ट पार्नुपर्छः पूर्व गभर्नर नेपाल

एम अधिकारी को हो भन्ने कुरा स्वयम् व्यक्ति वा पार्टीले प्रष्ट पार्नुपर्छः पूर्व गभर्नर नेपाल

‘बैंकको ऐन मै राजनीतिकमा संलग्न व्यक्ति गभर्नर हुन नमिल्ने लेखिएको छ’
  • बिहिवार, आषाढ ३० २०७९

  • 738
    SHARES

  • एम अधिकारी को हो भन्ने कुरा स्वयम् व्यक्ति वा पार्टीले प्रष्ट पार्नुपर्छः पूर्व गभर्नर नेपाल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गभर्नर महाप्रसाद अधिकारीबारे आइरहेका कुराको स्पष्ट भइनसकेकाले अहिले नै केहि भन्न नसकिने बताउनुभएको छ ।

    उहाँले भन्नुयभयो, ‘नेकपा एमाले पार्टीले पनि यसलाई स्पष्ट गर्ला, कि स्वयम् गभर्नर अधिकारीलाई थाहा होला कि, सम्बन्धित पार्टीलाई थाहा होला ।’ बाहिर सुनेको मात्रै भएर पूर्ण थाहा र प्रस्ट भइनसकेकाले यो बारेमा केहि भन्न नसकिने नेपालको भनाइ छ ।

    पूर्वगभर्नर नेपालले राष्ट्र बैंककै ऐन मै कुनै पनि राजनीतिक दलसँग सम्बन्धित भएको व्यक्ति अयोग्य भनेर लेखिएकाले अहिले उठिरहेका कुरा र व्यक्ति एकै नहुन सक्ने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व गभर्नर नेपालले भन्नुयो, ‘एम अधिकारी भन्ने को हो यो कुराको प्रमाणित गर्ने कि स्वयम् व्यक्ति हो, कि पार्टी हो । किन भने नेपाल राष्ट्र बैंकको ऐन मै कुनै राजनीतिक दलसँग सम्बन्धित भएको व्यक्ति गभर्नर हुन मिल्दैन, अयोग्य ठहरिन्छ भनेर लेखिएकै छ । त्यसकारण बाहिर आएका कुरा नहुन सक्छ । तर कुरा उठिसकेपछि स्पष्ट पार्ने पारिदिनुपर्छ, एम अधिकारलाई बाहिर ल्याउनुपर्‍यो ।

    महाप्रसाद अधिकारीको बर्खास्तीको माग आइरहेको प्रसंगमा पूर्वगभर्नर नेपालले सम्बन्धित व्यक्तिले मै हुँ भनेर प्रस्ट पारिदिएपछि यस्ता सबै कुराकामा आएका माग र समस्याहरु समाधान हुने बताउनुभयो ।

    आफू पनि गभर्नर हुनुपूर्व नेपाली कांग्रेसमा आवद्ध रहेको उल्लेख गर्दै पूर्वगभर्नर नेपालले नियुक्ती हुनुअगाडि आफूले सबैबाट राजीनामा दिएकाले अधिकारीले पनि एमाले छोडिसकेकोे हुनसक्ने संकेत गर्नुभयो तर यसबारेमा सम्बन्धित व्यक्ति र पार्टीले क्लियर गरिदिनुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।

     


    बिहिवार, आषाढ ३० २०७९०७:१९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij