Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित, स्कटल्याण्ड ५ विकेटले पराजित

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित, स्कटल्याण्ड ५ विकेटले पराजित

  • बिहिवार, आषाढ ३० २०७९

  • 546
    SHARES

  • त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित, स्कटल्याण्ड ५ विकेटले पराजित

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

    घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

    नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक अर्धशतकीय पारी खेले । ६२ बलको सामना गरेका उनले ७१ रन बनाए ।

    यस्तै, कुशल भुर्तेल २७, देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३, आरिफ शेख १ रनमा आउट भए । रोहित पौडेलले अविजित रहँदै ३४ रन बनाए ।

    त्यसअघि ग्लास्कोको टिटउडमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

    उसका लागि सर्वाधिक ग्याभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । अन्य खेलाडी क्रिजमा खासै जम्न सकेनन् ।

    बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान तीन–तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले एक–एक विकेट लिए ।

    जितसँगै नेपाल १८ खेलमा १७ अंकसहित तालिकाको पाँचौै स्थानमा उक्लिएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

    नेपालले अब शनिबार नामिबियासँग सिरिजको दोस्रो खेल खेल्नेछ ।


    बिहिवार, आषाढ ३० २०७९०७:५२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij