Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

  • बिहिवार, आषाढ ३० २०७९

  • 687
    SHARES

  • नेप्से दोहोरो अंकले बढ्यो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज दिनभर उतारचढाव देखिएको बजार १४.७१ अंक (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अंकबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो ।

    नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।

    बिहीबार बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ । यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ ।


    बिहिवार, आषाढ ३० २०७९०३:४४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij