Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

श्रीलंकाको संसद भवन नजिकै सेनाको ट्यांक तैनाथ

श्रीलंकाको संसद भवन नजिकै सेनाको ट्यांक तैनाथ

  • बिहिवार, आषाढ ३० २०७९

  • 826
    SHARES

  • श्रीलंकाको संसद भवन नजिकै सेनाको ट्यांक तैनाथ

    काठमाडौं । श्रीलंकाको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ ।

    प्रदर्शनकारीहरूलाई संसदमा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलंकाको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीहरूले बुधबार आक्रमण गरेका छन् ।

    अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर विरोध जनाएका थिए । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका थिए ।

    देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमती आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् । अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    अहिले श्रीलंका इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ । बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।


    बिहिवार, आषाढ ३० २०७९०६:१६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij