काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्।
शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढङ्गबाट सञ्चालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टाचार हाबी भएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पुँजी हुनेहरूको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको केन्द्रीय सदस्य वीरेन्द्र यादवले बताउनुभयो । उहाँले पार्टीमा नियत राम्रो नभएका व्यक्तिहरू हाबी हुँदै गएको र पार्टीका अरू नेता, कार्यकर्तालाई बेवास्ता गर्दै गएकाले राजीनामा दिनु परेको बताउनुभएको छ ।
पार्टीलाई एकताबद्ध राख्न र विभाजनबाट जोगाउन आफूहरू लागि परेको दाबी गर्दै केन्द्रीय सदस्य टेकबहादुर शाक्यले केही व्यक्तिहरूको कारण पार्टी कमजोर बन्दै गएको र फुटको संघारमा पुगेको बताउनुभएको छ ।
सूचि !


