Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जलेर वृद्धको मृत्यु

जलेर वृद्धको मृत्यु

  • शनिवार, आषाढ ३२ २०७९

  • 787
    SHARES

  • जलेर वृद्धको मृत्यु
    काठमाडौं । भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
     
    तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 
     
    प्रहरीका अनुसार घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तलामा बस्थे । वृद्धको मृत्युको कारण भने खुलेको छैन 
     


    शनिवार, आषाढ ३२ २०७९०२:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij