Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी

भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी

  • आइतवार, श्रावण १ २०७९

  • 780
    SHARES

  • भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी
    काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको छ । 
     
    आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गर्नुभएको हो । भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए ।
     
    माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली जानुभएको थियो । 
     
    शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गर्नुभएको थियो । 
     
    आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेर प्रचण्ड स्वदेश फर्किने कार्यक्रम छ । 
     


    आइतवार, श्रावण १ २०७९०१:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij