Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • आइतवार, श्रावण १ २०७९

  • 606
    SHARES

  • स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    हल्ला वर्षाको कारण टस ३० मिनेट पछि भएको थियो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो ।

    उक्तक्रममा सोमपाल कामी र आदिल अन्सारीले समान तीन विकेट लिएपछि स्कटल्यान्ड १ सय ४४ रनमा आउट भएको थियो । उक्त लक्ष्य पूरा गर्न आसिफ शेखले ७१ रनको योगदान दिएका थिए ।

    तर नामिबियासँग दुबै खेलमा नेपाल खराब ब्याटिङको कारण ४० र ६३ रनले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा नेपाल २ सय रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ३६ रनमा अल आउट भएको थियो । खराब ब्याटिङ नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय हो ।

    सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल प्रमुख ब्याटर हुँदा ठूलो इनिङ खेल्नुपर्छ । गैर जिम्मेवार ब्याटिङ ठूलो चिन्ता बनेको छ । तीव्र गतिका बलरको प्रदर्शन महत्वपूर्ण हुन्छ ।


    आइतवार, श्रावण १ २०७९०३:३०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij