Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका तीन पालिका परे हैजाको ‘रेड जोन’मा

काठमाडौंका तीन पालिका परे हैजाको ‘रेड जोन’मा

  • आइतवार, श्रावण १ २०७९

  • 692
    SHARES

  • काठमाडौंका तीन पालिका परे हैजाको ‘रेड जोन’मा

    काठमाडौं । काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा परेका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका आधारमा रेड जोनमा परेका हुन् । महाशाखाले तीनजनाभन्दा बढी संक्रमित भएको पालिकालाई रेड जोनमा राखेको छ ।

    काठमाडौं महानगरभित्र असार ३१ गतेसम्म हैजा संक्रमितको संख्या १२ पुगेको छ । कागेश्वरी मनोहरामा आठ र ललितपुरमा तीनजनामा हैजा पुष्टि भएको छ ।

    यस्तै, काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।

    महाशाखाले हैजा संक्रमणबाट बच्न पानी उमालेर पिउन र खानेकुरा राम्रोसँग पखालेररपकाएर मात्र खान आग्रह गरेको छ ।


    आइतवार, श्रावण १ २०७९०४:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij