काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पराजित भएको छ ।
स्कटल्याण्डको ताइतवड क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०र१० रन बनाए ।
ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख सुन्य रन आउट भए ।
सन्दीप लामिछाने २२ रनमा आउट हुँदा किशोर महतो सुन्य रनमा अविजित रहे ।
स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए ।