Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा, क्याटेगोरी एका खेलाडीको बेस प्राइज १५ लाख हुने 

नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा, क्याटेगोरी एका खेलाडीको बेस प्राइज १५ लाख हुने 

  • सोमवार, श्रावण २ २०७९

  • 765
    SHARES

  • नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा, क्याटेगोरी एका खेलाडीको बेस प्राइज १५ लाख हुने 
    काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी-२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ ।
     
    नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो ।
     
    नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो । जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अलस्टार्स छन् ।
     
    बाँकी दुई टिमको घोषणा छिटै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताउनुभयो । क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिम थियो ।
     
    ती टिमको स्वामित्व लिनका लागि क्यानले टेण्डर आह्वान गरेको थियो । त्यसै अनुसार फ्रेन्चाइज टिम नाम टुङ्गो लागेको हो । क्यानले नेपाल टी २० लाई नै नेपालको आधिकारिक फ्रेन्चाइज लिग भनेको छ । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि स्वीकृति दिइसकेको छ ।
     
    क्यानले नेपाल टी–२० लिगलाई आफ्नो ड्रिम भेन्चर मानेको छ । यसले नेपाली क्रिकेटलाई नै परिवर्तन गर्ने क्यानको दाबी छ । क्यानले गत जेठमा नेपाल टि–२० लिगको आधिकारिक घोषणा गरेको थियो । जसअनुसार पहिलो संस्करण आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
     
    नेपाल टी–२० लिगमा खेल्ने क्याटेगोरी एका खेलाडीको बेस प्राइज नै १५ लाख हुने भएकोले खेलाडीहरू भने उत्साहित छन् ।


    सोमवार, श्रावण २ २०७९०५:३१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij