Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

  • मंगलवार, श्रावण ३ २०७९

  • 963
    SHARES

  • स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु
    एजेन्सी । स्पेनमा केही समययता प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ । 
     
    स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन।
     
    यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ ।
     
    त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।
     
    गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ । 
     


    मंगलवार, श्रावण ३ २०७९०१:२१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij