Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

श्रीलङ्काको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

श्रीलङ्काको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

  • मंगलवार, श्रावण ३ २०७९

  • 812
    SHARES

  • श्रीलङ्काको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता
    काठमाडौं । श्रीलङ्कामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।
     
    नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।
     
    आर्थिक सङ्कटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ । राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।
     
    यस्तै श्रीलङ्काको मुख्य विपक्षी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपति पदको दाबीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिन अगाडि भने उनले राष्ट्रपतिमा दाबी गर्ने समाचार सार्वजनिक भएका थिए ।
     


    मंगलवार, श्रावण ३ २०७९०३:३३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij