काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार(आज) शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १६.२० अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.८० प्रतिशतले बढेर २०४५.६३ बिन्दुमा पुगेर बन्द भएको छ।
आज कारोबारमा आएका २१३ वटा धितोपत्र तथा ऋणपत्रको २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै यस दिन एभरेष्ट बैंकको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आज इमर्जिङ्ग नेपालको शेयर मूल्य सर्वाधिक ८.०१ प्रतिशत बढेको छ। त्यस्तै, गणपति लघुवित्तको शेयर मूल्य करिब ७ प्रतिशत बढेको छ भने ग्रिन भेन्चर्स र आईसीएफसी फाइनान्सको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिभिल बैंकको ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।