Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

  • बुधवार, श्रावण ४ २०७९

  • 628
    SHARES

  • पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।
     
    नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।
     
    क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको छ ।
     
    नेपाल क्रिकेट सङ्घ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी दिएका हुन् । उनले राजीनामाको घोषणा गरे लगत्तै क्रिकेट क्यानडाले उनी प्रमुख प्रशिक्षक नियुक्त भएको घोषणा गरेको हो ।
     
    काठमाडौंमा भएको पत्रकार सम्मेलन पुबुदुले घर परिवारलाई समय दिनका लागि अब एक वर्ष क्यानडामा नै बस्ने बताएका थिए ।


    बुधवार, श्रावण ४ २०७९०५:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij