Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

करिअरकै पहिलो ओभरमा ब्रासवेलको ह्याट्रिक

करिअरकै पहिलो ओभरमा ब्रासवेलको ह्याट्रिक

  • बिहिवार, श्रावण ५ २०७९

  • 353
    SHARES

  • करिअरकै पहिलो ओभरमा ब्रासवेलको ह्याट्रिक

    काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर माइकल ब्रासवेलले टी-२० अन्तर्राष्ट्रियमा आफ्नो करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका छन् ।

    आयरल्याण्डसँगको दोश्रो टी–२० अन्तर्राष्ट्रियमा ३१ वर्षका उनले आफ्नो करिअरको पहिलो ह्याट्रिक लिएका हुन् ।

    आयरल्यान्डविरुद्ध १४ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा उनले लगातार विकेट लिएका हुन् ।

    २७ रन बनाएका मार्क आदिरलाई उनले १३।३ ओभरमा ग्लेन फिलिप्सबाट क्याच गराए । चौथो बलमा ब्यारी म्याकार्थी फिलिप्सकै हातबाट ११ रनमा क्याच आउट भए ।

    पाँचौं बलमा प्वाइन्टमा क्रेग योंगलाई ईश सोधीबाट क्याच गराउँदै उनले टि–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक गरेका हुन् ।

    जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १३।५ ओभरमा ९१ रनमा अल आउट भयो । आयरल्यान्डका मार्क आदिरले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए ।

    न्युजिल्यान्डबाट टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने माइकल तेस्रो खेलाडी हुन् । यसअघि ज्याकोब ओराम र टिम साउथीले ह्याट्रिक गरेका थिए ।


    बिहिवार, श्रावण ५ २०७९०२:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij