Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

 यू-२० फुटबल टिमको कप्तानमा आयुष घलान

 यू-२० फुटबल टिमको कप्तानमा आयुष घलान

  • बिहिवार, श्रावण ५ २०७९

  • 448
    SHARES

  •  यू-२० फुटबल टिमको कप्तानमा आयुष घलान
    काठमाडौं । साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टिमको कप्तानी आयुष घलानले गर्ने भएका छन् ।
     
    राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भएकाले उनलाई कप्तान बनाउने तयारी एन्फाले गरेको हो । यसको आधिकारिक घोषणा भने शुक्रबार एन्फाले गर्ने बिदाइ कार्यक्रममा गरिनेछ ।
     
    सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानसहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुञ्जु, मनग्य नकर्मी, आशिष् राई लगायत खेलाडी टिममा छन् ।
     
    अन्तिम चरणमा छानिएको टोलीमा एक परिवर्तन गरिएको छ । फरवार्ड दिपेश राई घाइते भए पश्चात् उनको ठाउँमा रोहित सुब्बालाई राखिएको छ ।
     
    नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बङ्गलादेशसँग खेल्नेछ । सिङ्गल राउण्ड रोविनको खेलपछि अङ्कतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन् । नेपाली टिम शुक्रबार ३ बजे भारत प्रस्थान गर्ने छ ।


    बिहिवार, श्रावण ५ २०७९०५:४३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij