Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुर्खेतमा फेला पर्‍यो मानव कङ्काल

सुर्खेतमा फेला पर्‍यो मानव कङ्काल

  • बिहिवार, श्रावण ५ २०७९

  • 1.4K
    SHARES

  • सुर्खेतमा फेला पर्‍यो मानव कङ्काल
    काठमाडौं। सुर्खेतको सामुदायिक जङ्गलमा मानव कङ्काल फेला परेको छ ।
     
    भेरीगंगा नगरपालिका-१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कङ्काल भेटिएका कर्णाली प्रदेश प्रहरीले जानएको छ ।
     
    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानीयहरूले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
     
    खबर पाए लगतै इलाका प्रहरी कार्यालय छिन्नुबाट प्रहरी निरीक्षकको कमान्डमा ५ जनाको टोली खटाएको थियो । उक्त मानव कङ्काल पुरुष व्यक्तिको भएको र त्यो तीन/ चार महिना पुरानो रहेको एसपी पाण्डेले बताउनुभयो । 
     


    बिहिवार, श्रावण ५ २०७९०७:२९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij