Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भए कुमार थापा 

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भए कुमार थापा 

  • शुक्रवार, श्रावण ६ २०७९

  • 565
    SHARES

  • राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भए कुमार थापा 
    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् ।
     
    एपीएफ क्लबका प्रशिक्षक थापाले दोस्रो पटक महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनले २०७३ पनि महिला साफको लागि प्रशिक्षण दिएका थिए ।
     
    एन्फाले पूर्व महिला विभाग प्रमुख बिन्द्रा देवानलाई म्यानेजरको रुपमा नियुक्त गरेको छ ।
     
    एन्फाले साफ च्याम्पियनसिप आयोजनाका लागि समिति पनि गठन गरेको छ । जस अनुसार प्रतियोगिताको भेन्यु म्यानेजरको रुपमा रवीन्द्र चन्द, व्यवस्थापकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश व्यञ्जनकार नियुक्त भएका छन् । एन्फाले सञ्जीव शिल्पकारलाई मार्केटिङ तथा मिडिया संयोजक बनाएको छ ।


    शुक्रवार, श्रावण ६ २०७९०२:५०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij