Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पूर्व कप्तान खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

पूर्व कप्तान खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

  • आइतवार, श्रावण ८ २०७९

  • 524
    SHARES

  • पूर्व कप्तान खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले भारतमा आयोजना हुने लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

    आगामी सेप्टेम्बर अक्टोबरमा हुने लिगका लागि सार्वजनिक पोस्टरमा लेजेन्ड्स लिग क्रिकेटले पारसको नाम पनि सार्वजनिक गरेको हो ।

    उक्त पोस्टरमा पारस लगायत विश्वभरका सात खेलाडीले लेजेन्ड्स लिग खेल्ने उल्लेख गरिएको छ ।

    विश्वभरका चर्चित पूर्व खेलाडीहरू सम्मिलित हुने यस प्रतियोगिताको पहिलो संस्करण ओमानमा आयोजना भएको थियो ।

    वल्ड जायन्ट, एसिया लियोन्स र इन्डिया महाराजा गरी तीन टिमले प्रतिस्पर्धा गरेका थिए ।

    जसको उपाधि वल्ड जायन्ट्सले जितेको थियो भने एसिया लियोन्स दोस्रो भएको थियो ।

    paras-lengeds-cricket.webp


    आइतवार, श्रावण ८ २०७९०५:५०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij