Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

५४.४५ अंकले बढ्यो सेयर बजार

५४.४५ अंकले बढ्यो सेयर बजार

  • सोमवार, श्रावण ९ २०७९

  • 991
    SHARES

  • ५४.४५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरु हरियाली बनेका छन् ।

    उक्त दिन कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।

    सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

    यस्तै, नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


    सोमवार, श्रावण ९ २०७९०४:१३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij