Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

साफ यू-२० : नेपालको सानदार विजयी सुरुआत, मालदिभ्स ४-० गोल अन्तरले पराजित 

साफ यू-२० : नेपालको सानदार विजयी सुरुआत, मालदिभ्स ४-० गोल अन्तरले पराजित 

  • सोमवार, श्रावण ९ २०७९

  • 631
    SHARES

  • साफ यू-२० : नेपालको सानदार विजयी सुरुआत, मालदिभ्स ४-० गोल अन्तरले पराजित 
    काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
     
    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
     
    मालदिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  एक एक गोल गरे ।
     
    मालदिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।
     
    कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिँदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।
     
    दोस्रो हाफमा नेपालले थप दुई गोल गर्‍यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
     
    खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।
     
    माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।
     
    त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।
     
    त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केही अवसरलाई खेर फालेको थियो ।
     
    जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अङ्क जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै मालदिभ्स, श्रीलङ्का र बंगलादेशको सहभागिता रहेको छ ।
     
    अब नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
     
    शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । 


    सोमवार, श्रावण ९ २०७९०७:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij