Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्पेन, रुस र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त

स्पेन, रुस र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त

  • मंगलवार, श्रावण १० २०७९

  • 902
    SHARES

  • स्पेन, रुस र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मंगलबार स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालय जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत पदमा र प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    साथै राष्ट्रपति भण्डारीले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले बताउनु भएको छ ।


    मंगलवार, श्रावण १० २०७९०१:५६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij