काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी–ट्वान्टी वरीयतामा सुधार भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयता सुधार भएको छ ।
ब्याटिङ वरीयतामा एक स्थान सुधार गर्दै सीता ६४ औं स्थानमा उक्लिएकी छिन् । एक स्थान सुधार गरेकी रुबिना ८४ औं स्थानमा उक्लिएकी छिन् । ब्याटिङतर्फ नेपालकी ज्योति पाण्डे १०० औं स्थानमा झरेकी छिन् ।
यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर ७४ औं स्थानमा यथावत् रहेकी छिन् । बलिङमा सीता ८० औं स्थानमा यथावत् रहँदा रुबिना ८१ औं स्थानमा यथावत् रहेकी छिन् ।
आईसीसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ ।