Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्दै काठमाडौं महानगर

फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्दै काठमाडौं महानगर

  • बिहिवार, श्रावण १२ २०७९

  • 939
    SHARES

  • फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्दै काठमाडौं महानगर
    काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो ।
     
    फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ ।
     
    फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । महानगरले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो ।
     
    बञ्चरेडाँडामा फोहोर बोकेको गाडी धुनका लागि वासिङ सेन्टर निर्माण गर्न पनि महानगरले १ करोड बजेट छुट्टयाएको छ ।
     
    महानगरले घर–घरमै कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सहुलियतमा कम्पोस्ट विन वितरण गर्ने भएको छ । जसका लागि महानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


    बिहिवार, श्रावण १२ २०७९०३:०१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij