Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मदिरा सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही

मदिरा सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही

  • आइतवार, श्रावण १५ २०७९

  • 913
    SHARES

  • मदिरा सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही
    काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 
    आइतबार(आज) बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थ सेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
     
    कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चालन गरेको थियो । 
     
    त्यसअनुसार आज बिहान चेकजाँच गर्दा १६ बस चालकले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको हुँदा कारबाही गरेको भट्टले बताउनुभयो । ती मध्ये पाँच स्कुलका बस चालकले भने मापसे गरेको पाएको हो ।   एसएसपी भट्टले यस अभियानलाई निरन्तर सञ्चालन गर्ने जानकारी दिनुभएको छ। 


    आइतवार, श्रावण १५ २०७९१२:३४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij