Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तीन बुँदे सहमति पालना नगरे हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी 

तीन बुँदे सहमति पालना नगरे हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी 

  • सोमवार, श्रावण १६ २०७९

  • 729
    SHARES

  • तीन बुँदे सहमति पालना नगरे हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी 
    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।
     
    ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ 
     
     ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’
     
    प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘राज्यका सञ्चालकहरूले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’
     
    पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमानदार नदेखिएको नेकपाको ठहर छ ।
     
    थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।
     
    उक्त दलका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जीले जनविरोधी चरित्रलाई मलजल पुर्‍याएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।


    सोमवार, श्रावण १६ २०७९०४:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij