Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आतंकवादी चढेको खबर आएपछि मुम्बई उड्न लागेको विमान रोकियो, १ जना पक्राउ

आतंकवादी चढेको खबर आएपछि मुम्बई उड्न लागेको विमान रोकियो, १ जना पक्राउ

  • बुधवार, श्रावण १८ २०७९

  • 1.0K
    SHARES

  • आतंकवादी चढेको खबर आएपछि मुम्बई उड्न लागेको विमान रोकियो, १ जना पक्राउ
    काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।
     
    उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बताए । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको हो । प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएको थियो ।
     
    ‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए ।
     
    प्रहरीले नियन्त्रणमा लिएका ती शंकास्पद व्यक्तिसँगै रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरू सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको हो ।
     
    कैलालीमा मुद्दा चलिरहेको फरार आरोपीलाई पक्राउ गरिएको प्रहरीको एकजना उच्च अधिकारीले बताए । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।


    बुधवार, श्रावण १८ २०७९०३:३४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij