Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी

नेपाल एयरलाइन्सबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी

  • बुधवार, श्रावण १८ २०७९

  • 916
    SHARES

  • नेपाल एयरलाइन्सबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी
    काठमाडौं । नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मिना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
     
    सुनचाँदी र उनीहरूले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।
     
    अहिले सुनचाँदी व्यवसायीहरूको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।
     
    जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


    बुधवार, श्रावण १८ २०७९०४:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij