Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१६५ वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा बी.पी.कांग्रेस

१६५ वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा बी.पी.कांग्रेस

  • बुधवार, श्रावण १८ २०७९

  • 1.3K
    SHARES

  • १६५ वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा बी.पी.कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेस बी.पी.ले आउँदो प्रतिनिधिसभाको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने आन्तरिक तयारी गरिरहेको छ ।

    नेपाली नेटवर्कसँग कुरा गर्दै नेपाली कांग्रेस बी.पी. का केन्द्रीय वरिष्ठ उपसभापति तथा पूर्व प्रदेश सांसद कर्ण मल्लले आउँदो प्रतिनिधिसभाको निर्वाचनमा १६५ वटै निर्वाचनमा क्षेत्रमा चुनाव लड्ने आन्तरिक गृहकार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस बी.पी. ले अहिले आफ्नो सम्पूर्ण शक्ति संगठन विस्तारमा केन्द्रीत गरेको मल्लले बताउनुभयो।

    नेपाली नेटवर्कसँग कुरा गर्दै मल्लले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस बी.पी. को सदस्यता लिनेको घुइँचो पार्टी कार्यालयमा दिनहुँ जसो लाग्ने गरेको दाबी गर्नुभयो । मल्लले यो त केवल सुरुवात मात्र भएको बताउदै पार्टी प्रवेश गर्नेहरू थपिदै जाने दाबी गर्नुभयो ।

    केही दिन अघि मात्रै नेपाली कांग्रेस दैलेखका नेता तथा पूर्व पार्टी सचिव भेषबहादुर थापा र तरुण नेता युवराज पाण्डे नेपाली कांग्रेस बी.पी. मा प्रवेश गर्नुभएको थियो ।

    नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी ढङ्गले पार्टी चलाएको र एकल ढङ्गले निर्णय गर्दै बी.पी. र किसुनजीले कोरेको बाटोलाई लत्त्याउँदै ठिक उल्टो बाटो हिँडेका कारण आफूहरू बाध्य भएर नेपाली कांग्रेस बी.पी. निर्माण गरेको मल्लको भनाई छ ।

    आगामी निर्वाचनमा आफ्नो पार्टी कसैलाई चुनाव हराउन भन्दा पनि चुनाव जितेर जनताको दैनिकी समस्यालाई समाधान गर्न तल्लीन रहने उहाँको प्रतिबद्धता छ ।

     

     

     


    बुधवार, श्रावण १८ २०७९०६:०९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij