Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंशिक अवरुद्ध

वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंशिक अवरुद्ध

  • बिहिवार, श्रावण १९ २०७९

  • 694
    SHARES

  • वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंशिक अवरुद्ध
    काठमाडौं । वर्षाका कारण बाढीपहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंशिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रे भिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट-बल्दे सडक, रोल्पाको कोइलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाउँ-थवाङ-लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । 
     
    मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिरोका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ । 
     
    साँफेबगर–मार्तडी–कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । 
     
    शहीद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरू स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठिन भएको छ । मौरी पुलमा वर्षाका कारण अझै धेरै टुक्राटुक्री जम्मा भए पनि हटाउनका लागि सो स्थानमा उपकरण परिचालन गरिएको छ । 
     
    हाल १३ सडक एकातर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोसी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे-बेँसीशहर-चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ । 
     
    कोसी राजमार्गको फक्सिन्डा दोभानबाट वरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ । विसं २०७९ यता हालसम्म १९ राजमार्गको १०९ स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमध्ये ८९ सडक खुलिसकेको छ । 


    बिहिवार, श्रावण १९ २०७९०३:०२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij