Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चिनियाँ नागरिकको अपहरणमा न्यायाधीशका पीएसओसहित प्रहरीको पनि संलग्नता

चिनियाँ नागरिकको अपहरणमा न्यायाधीशका पीएसओसहित प्रहरीको पनि संलग्नता

  • बिहिवार, श्रावण १९ २०७९

  • 816
    SHARES

  • चिनियाँ नागरिकको अपहरणमा न्यायाधीशका पीएसओसहित प्रहरीको पनि संलग्नता

    काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ ।

    पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो । प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका हुन् । प्रहरी जवान शिव सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रहेको खुलेको छ ।

    काठमाडौंको लैनचौरबाट दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर उनीहरुले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेपछि यसबारे खुलासा भएको हो । अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौती मागेको र ५० लाखमा अपहरण मुक्त गर्ने सहमति भएपछि चिनियाँ नागरिकको आफन्तको सहयोगमा प्रहरीले उनलाई अपहरण मुक्त गरेको बताइएको छ ।

    आजै अभियुक्त हरुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।


    बिहिवार, श्रावण १९ २०७९०४:२१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij