Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ३५ अङ्कको गिरावट, २ अर्ब ६२ करोडको कारोबार

सेयर बजारमा ३५ अङ्कको गिरावट, २ अर्ब ६२ करोडको कारोबार

  • शुक्रवार, श्रावण २० २०७९

  • 645
    SHARES

  • सेयर बजारमा ३५ अङ्कको गिरावट, २ अर्ब ६२ करोडको कारोबार
    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४.८५ अङ्क (१.६२ प्रतिशत) ले गिरावट भएर २११३.३० अङ्कमा बन्द भएको छ ।
     
    नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।
     
    जसमध्ये शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल बैङ्कको १४ करोड १४ लाख १४ हजारको कारोबार भएको छ । बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २१ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयरमूल्य भने स्थिर छ । कारोबारमा आएकामध्ये जोशी हाइड्रोपावरको सेयरमूल्य ५.९१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३।९४ प्रतिशतले वृद्धि भएको छ ।
     
    यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले गिरावट हुँदा गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्सको सेयरमूल्य ६.४२ प्रतिशतले घटेको छ ।


    शुक्रवार, श्रावण २० २०७९०२:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij