Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

फुटबलर विमल राना अष्ट्रेलिया पलायन

फुटबलर विमल राना अष्ट्रेलिया पलायन

  • शुक्रवार, श्रावण २० २०७९

  • 624
    SHARES

  • फुटबलर विमल राना अष्ट्रेलिया पलायन
    काठमाडौं । फुटबल खेलाडी बिदेसिने शृङ्खला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् ।
     
    राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशीएका छन् ।
     
    केही समयअघि मात्रै राष्ट्रिय टिमका दर्शन गुरुङ, सन्तोष गुरुङ र नवीन गुरुङ अष्ट्रेलिया पुगेका थिए ।
     
    त्यसअघि आशिष् लामा र सुमन लामा पनि अष्ट्रेलिया नै पुगिसकेका छन् । त्यसैमा विमल राना पनि थपिएका हुन् ।
     
    विमलले २०७५ चैतमा कुवेत विरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।


    शुक्रवार, श्रावण २० २०७९०२:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij