Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लोसपाका नेताहरूले प्रधानमन्त्री देउवालाई भेट्दै

लोसपाका नेताहरूले प्रधानमन्त्री देउवालाई भेट्दै

  • आइतवार, श्रावण २२ २०७९

  • 806
    SHARES

  • लोसपाका नेताहरूले प्रधानमन्त्री देउवालाई भेट्दै
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक सकिएको छ । बैठकले चुनावी तालमेलका लागि दलहरूसँग छलफल गर्ने अधिकार लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । 
     
    बानेश्वरस्थित संसद् भवनमा बसेको लोसपा संसदीय दलको बैठकमा चुनावी गठबन्धनको विषयमा छलफल भएको थियो । अहिलेसम्म कुनै दलसँग गठबन्धन गर्ने भनी छलफल तय नभएको र छलफल गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष ठाकुरलाई दिएको उक्त पार्टीका सांसद अकवाल मियाँले बताउनुभयो । 
     
    गठबन्धनको बारेमा छलफल गर्ने जिम्मेवारी पाएका अध्यक्ष ठाकुरले आजै प्रधानमन्त्री देउवासँग भेट्न लागेको सांसद मियाँले जानकारी दिनुभयो । बैठकमा सरकारको विषयमा भने कुनै छलफल नभएको बताउँदै उनले सरकारमा जाने विषय १० महिनादेखि चर्चामा भएको तर लोसपा मधेशको मुद्दाका लागि अडानमा रहेकाले सरकारमा नगएको बताउनुभयो ।
     
    उहाँले लोसपाको सरकार जाने सम्भावना अझै नटरेको बताउँदै त्यसका लागि सरकारले मधेशका मागहरु पुरा गर्नुपर्ने अडान कायमै रहेको बताउनुभयो ।  आफूहरूले राखेको मागका विषयमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग कुरा राख्ने समेत उहाँले बताउनुभयो ।


    आइतवार, श्रावण २२ २०७९०३:२३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij