Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी

रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी

  • सोमवार, श्रावण २३ २०७९

  • 3.8K
    SHARES

  • रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको विधानविपरित झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उहाँलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टीनिकट उच्च स्रोतले जनाएको छ ।
     
    पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरूसँग पानी बाराबारको सम्बन्ध छ । कतिपयले भने उहाँ अब एमाले फर्कने तयारीमा रहेको पनि बताउन थालेका छन् । अध्यक्ष माधव नेपालसँग पनि उहाँको बोलचाल बन्द छ । हिजोमात्रै अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले नेतृ झाँक्रीबारे छलफल गरेका थिए ।
     
    उनीहरूले झाँक्रीको व्यवहार यस्तै कायम रह्यो र पार्टीको हितविपरित अभिव्यक्ति दिए अनुशासनको कारबाही गर्ने सम्मको तयारी गरेको स्रोतको दाबी छ । झाँक्रीलाई मन्त्री बनाउनको लागि अध्यक्ष नेपालले नै ठूलो भूमिका खेल्नुभएको थियो । मन्त्री बनेपछि झाँक्रीको अध्यक्ष नेपालसँग राम्रो सम्बन्ध थियो ।
     
    तर, मन्त्रीबाट हटाउने निर्णय गरेपछि भने उहाँ अध्यक्ष नेपालसँग रुष्ट बनेको बताईन्छ । उहाँले आफूहरूलाई एक वचन पनि नसोधी अध्यक्षले अपमानजनक रुपमा मन्त्रीबाट फिर्ता बोलाएको भनेर सार्वजनिक रूपमै नेतृत्वको आलोचना गर्नुभएको थियो । 


    सोमवार, श्रावण २३ २०७९०४:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij