Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

  • सोमवार, श्रावण २३ २०७९

  • 434
    SHARES

  • प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

    काठमाडौं । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।

    प्रशिक्षकको हैसियतमा उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ।

    ‘नेपालमा क्रिकेटप्रतिको मेरो चासो पहिलेदेखि छ । नेपाली खेलाडीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेको छु । त्यसैले म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु,’ प्रभाकरले भने ।


    सोमवार, श्रावण २३ २०७९०७:१०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij