Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँटमा २०-२५ प्रतिशत नछोड्ने एकीकृत समाजवादीको दाबी

सिट बाँडफाँटमा २०-२५ प्रतिशत नछोड्ने एकीकृत समाजवादीको दाबी

  • बिहिवार, श्रावण २६ २०७९

  • 1.3K
    SHARES

  • सिट बाँडफाँटमा २०-२५ प्रतिशत नछोड्ने एकीकृत समाजवादीको दाबी
    काठमाडौं । सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठकमा दलका नेताहरुले आ–आफ्नो पार्टीका तर्फबाट सिट बाँडफाँडको मोडालिटी र आधार पेस गर्दैछन् । 
     
    गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको आजको बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ । 
     
    यो आधारमा उसले १६५ सिटमा २० प्रतिशतको हिसाब निकाल्दा हुँदा ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशत हुँदा ४२ सिटमा दाबी पेस गर्ने भएको छ । सोही अनुसार उसले प्रदेशतर्फ पनि सिटको दाबी गर्ने तयारी गरेको नेताहरूको भनाइ छ । 
     
    ‘हामीसँग अहिले २४ जना सङ्घीय सांसद छन् । प्रदेशमा ६० जना छन् यो हिसाबमा ८४ सांसद हुन्छ । यसमा केही थप हुनुपर्छ, जबकि ९० देखि सय जना हाम्रा सांसद हुनुपर्छ’ नेकपा समाजवादीका एक पदाधिकारीले भने,  गठबन्धन गरेपछि अहिलेको यो सङ्ख्या घट्ने अवस्थामा हामी सहमति गर्दैनौँ’
     
    उनले बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि सोही अनुसार प्रस्ताव लैजाने सहमति भएको बताए । ती नेताका अनुसार प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँड गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेछ । 
     
    उपमहासचिव समेत रहेका नेता जगन्नाथ खतिवडाले सिट बाँडफाँटमा पार्टीको स्पष्ट धारणा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रतिगमनकारी शक्तिलाई पराजित गर्नदेखि यो सरकार र गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने शक्ति हौ । सोही अनुसार हाम्रो अबको चुनावका लागि हुने सिट बाँडफाँटमा हाम्रो बटमलाईन पेस हुन्छ ।’ 
     
    बुधबार बसेको सचिवालय बैठकले उम्मेदवारीको मापदण्ड र छनोट विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदलका सदस्यसमेत रहेका बेदुराम भुसाल र प्रमेश हमाललाई दिएको थियो । नेता खतिवडाले कुन कुन स्थानमा दाबी गर्ने भन्ने हिसाब भइनसकेको पनि बताउनुभयो । 
     
     ‘कुन कुन क्षेत्र भन्ने अझै अध्ययनको विषय छ । तर त्यो हिसाब पनि जिम्मेवारी पाएका नेताहरुले तयार पार्नुभएको होला’, उहाँले भन्नुभयो, ‘विगतका निर्वाचन र परिणामलाई मुख्य आधारका रूपमा लिन सकिन्छ ।’


    बिहिवार, श्रावण २६ २०७९०१:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij