काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो । सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषद्ले युवा उद्यमशीलतामा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
‘रोजगारी प्रवर्द्धन, युवा सहभागिता, युवाको नेतृत्व विकासका क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएको छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘उहाँहरूलाई जीवन उपयोगी सिप सिकाउनुपर्छ । अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रमलाई थप अगाडि बढाउनु पर्नेछ।’