Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक बिदाको दिन गाडी चलाउन नमिल्ने

सार्वजनिक बिदाको दिन गाडी चलाउन नमिल्ने

  • शुक्रवार, श्रावण २७ २०७९

  • 772
    SHARES

  • सार्वजनिक बिदाको दिन गाडी चलाउन नमिल्ने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउन निर्देशन दिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले निर्णय सार्वजनिक गर्दै सवारी चलाउनै परे अनिवार्य पास लिन अनुरोध गरेको हो ।

    त्यस्तै, नागरिकता प्रमाणपत्र, प्रतिलिपि नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र तथा व्यक्ति प्रमाणित लगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाका लागि गरिने सिफारिसमा एकरुपता ल्याउने र यसरी गरिने सिफारिसहरुलाई त्रुटिरहित बनाउन सबै स्थानीय तहले नवनिर्वाचित जनप्रतिनिधि एवं वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षित गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

    बेमौसमी वर्षाका कारण गत वर्ष धानबालीमा पुगेको क्षतिलाई राहत उपलब्ध गराउने मापदण्ड बमोजिम कार्य अगाडि बढिरहेको सन्दर्भमा उक्त कार्यलाई यथाशिघ्र सम्पन्न गर्नका लागि सबै स्थानीय तहले सहयोग गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।


    शुक्रवार, श्रावण २७ २०७९०२:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij